आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

फागुन २० सम्म १८ वर्ष पुरा हुनेले मतदान गर्न पाउने


  • आफ्नै खबर
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ३ पाठक संख्या
  • काठमाडौँ/  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कटअफ डेट) निर्धारण गरेको छ ।

    आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको हो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताउनुभयो । 

    विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताउनुभयो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु