आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सिजी इलेक्सले ल्यायो इएमआई तथा एक्सचेन्ज अफर


  • आफ्नै खबर
  • २०८२ मंसिर १२, शुक्रबार ४ महिना अघि
  • ७२ पाठक संख्या
  • काठमाडौँ/  सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सिजी इलेक्सले जाडो याम र एनपिएल क्रिकेट सिजनलाई लक्षित गर्दै इएमआई तथा एक्सचेन्ज सुविधा समेटिएको अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले पुराना उपकरण साट्दा उच्च मूल्याङ्कन प्राप्त हुने तथा नयाँ उपकरण इएमआईमा खरिद गर्दा दैनिक ४५ रुपैयाँ बाट सुरु हुने किस्ता सुविधा सहितको योजना ल्याएको हो । 

    कम्पनीले अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयरकन्डिसनर, डिस वासर, कुकिङ रेन्ज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएको जनाएको छ । क्रिकेट सिजनलाई ध्यानमा राख्दै फोरके स्मार्ट टिभि सहितका विभिन्न मोडेलमा विशेष इएमआई र एक्सचेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    ४३ इन्चभन्दा ठूला स्मार्ट टिभि खरिद गर्ने ग्राहकले दुई हजार दुई सय रुपैयाँ मूल्य बराबरको नेट टिभि नौ महिनाका लागी निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्ने उल्लेख छ । समावेश ब्रान्डहरूमा एलजी, सिजी इन्स्पायरिङ, सिजी मेरिडिया, गोदरेज, टिसिएल, बर्ली, केन्ट आरओ, माइडिया, बेको, ब्ल्याक एण्ड डेकर, एलिका, सेन्सेइ र क्रम्प्टन रहेको जनाइएको छ ।

    कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार अनुसारको उच्च मूल्यांकन प्राप्त हुने र उक्त मूल्याङ्कन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिने कम्पनीको भनाइ छ । 

    ग्राहकहरूले सिजीको वेबसाइटमा गएर आफ्नै पुरानो उपकरणको मूल्याङ्कन आफैँ अनलाइन चेक गर्न सक्ने सुविधा रहेको जनाइएको छ । वेबसाइटबाटै तुरुन्तै कति मूल्याङ्कन आउँछ भन्ने थाहा पाइने भएकाले, निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीको दावी छ । 

    इएमआई सुविधालाई सहज बनाउन कम्पनीले जगदम्बा हायर पर्चेज सँग सम्झौता गर्दै नागरिकता मात्र भए पुग्ने उल्लेख गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु