आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय ‘टुर अपरेटर’


  • आफ्नै खबर
  • २०८२ पौष २, बुधबार ३ महिना अघि
  • ३८ पाठक संख्या
  • कास्की/  पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा भोलि यहाँ  हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

    टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो ।

    गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तरक्रिया गर्नुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो ।

    उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतीय टोली आज पर्वत र बागलुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणमा छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु