आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

किसानले पाए अनुदान रकम


  • आफ्नै खबर
  • २०८२ पौष १२, शनिबार ३ महिना अघि
  • ४९ पाठक संख्या
  • पर्वत/  बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही १० हजार रुपैयाँ प्रदान गरेको हो ।

    यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सकिने भएकोले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो । 

    ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा, लिड्को प्रयोग गरेर खेती गर्दै आएका छन् । ६ वडाको विहादीमा वडा नं. १ बाच्छाका सात जना, वडा नंं. २ बर्राचौरका १३ जना, वडा नंं. ३ रानीपानीका ६ जना, वडा नं. ४ वहाकीका एक जना, वडा नंं. ५ उरामपोखराका १२ जना र वडा नंं. ६ शालिग्रामका सात जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो । 

    यसअघि विहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान, स्थानीय जातका गाई पाल्ने कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो । 

    यसैगरी, व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी २० हजार रुपैयाँका दरले अनुदान दिइएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु