आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

एग्रीटेक इन्टरनेशनल एक्स्पो शुरु


  • आफ्नै खबर
  • २०८२ माघ ३, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ५ पाठक संख्या
  • चितवन/  आठौँ एग्रीटेक इन्टरनेशनल एक्स्पो चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको छ । 

    कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशका मन्त्री मधुसुदन पौडेलले एक्स्पो उद्घाटन गर्दै कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताउनु भयो । उहांँले विदेशका प्रविधिहरु नेपालमा भित्र्याउंँदै  उत्पादनमा बृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । 

    ‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘जसले कृषकलाई व्यवसायिक कृषि गर्न र निर्यातमुखी बनाउन समेत मदन गर्छ ।’

    उहाँले समयमै रासायनिक मल प्राप्त गर्न, प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न सरकार लागिरहेको  बताउनु भयो । सो क्रममा स्टल प्रदर्शकले मन्त्री पौडेल समक्ष सरकारका नीति, भन्सार तथा करका समस्याका विषयमा जानकारी गराएका थिए ।

    यस्तो छ एक्सपो
    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सयभन्दा बढी स्टलहरू रहेका छन ।

    प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई-भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ-बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिनुभयो ।

    यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवर्द्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ ।

    त्यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि., राष्ट्रिय कृषक समूह महासङ्घ-नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ-नेपाल, नेपाल पोल्ट्री महासङ्घ, च्याउ उत्पादक किसान सङ्घ-नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग सङ्घ सहयोगी संस्थाका रूपमा रहेका छन् ।

    नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा भएको माघ ४ गतेसम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु