आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

छापिसकियो ८९ लाख १७ हजार मतपत्र


  • आफ्नै खबर
  • २०८२ माघ ५, सोमबार मा प्रकाशित १ महिना अघि
  • ७७ पाठक संख्या
  • काठमाडौँ/  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । 

    आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।

    आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी  छ । यस्तै, हालसम्म २० हजार आठ सय ३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार चार सय २० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ । 

    केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु