आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सुनको मूल्य तोलामै ७ सय रुपैयाले बढ्यो


  • आफ्नै खबर
  • २०८० चैत्र ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  •  

    काठमाडौँ/  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  १ लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला ७ सय रुपैयाँले बृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ५ सय २५ रुपैयाँ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु