आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

‘अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति मन्त्रालय प्रतिबद्ध’


  • आफ्नै खबर
  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुका लागि दिएको निर्देशनको परिपत्रको मस्यौदाबाट दुई वटा बुँदा हटाइएको जनाएको छ ।

    मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै परिपत्रको मस्यौदामा उल्लेखित शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र सामाजिक सञ्जालसँग सम्बन्धित दुई बुँदा हटाइ  परिपत्र गरिएको स्पष्ट पारेको छ ।

    परिपत्रको मस्यौदामा उल्लेखित दुई वटा बुँदामा आम सञ्चारकर्मी तथा सम्वद्ध पक्षले चासो देखाएको भन्दै ती बुँदा हटाइएको मन्त्रालयको भनाइ छ । 

    “यही चैत ६ गते तयार परिपत्रको मस्यौदा सञ्चारमाध्यममा प्रकाशित भएको र सो मस्यौदाको बुँदा नं १.३ र २.१ मा उल्लेख भएको विषयमा आम सञ्चारकर्मी तथा सम्वद्ध पक्षले व्यक्त गर्नुभएको चासो तथा सरोकार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

        विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सदैव सचेत रहेको र यसको पूर्ण पालनाप्रति मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु