आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

एक दशकमा बन्यो तनहुँ र चितवन जोड्ने पक्की पुल


  • आफ्नै खबर
  • २०८० चैत्र १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • तनहुँ/ तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने गरी एक दशक लगाएर ठिमुरामा पक्की पुल बनेको छ । तनहुँको देवघाट गाउँपालिका– ५ घिनाटार र भरतपुर महानगरपालिका– १ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ ।

    त्रिशूली नदीमा बनेको उक्त पुल २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटन भने भइनसकेको बताउनुभयो । 

    उद्घाटनका लागि राष्ट्रपतिलाई अनुरोध

    पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गरिएको जानकारी दिनुभयो । उद्घाटनका निम्ति तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरूको बैठक हुने उहाँले बताउनुभयो । ०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु