आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

भारतले दियो थप २२३ वटा सवारीसाधन


  • आफ्नै खबर
  • २०८२ माघ २९, बिहिबार मा प्रकाशित ४ घण्टा अघि
  • ४७ पाठक संख्या
  • काठमाडौँ/  भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा सवारीसाधन हस्तान्तरण गरेको छ ।

    गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तण गर्नुभयो ।

    यसअघि भारतले  पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारीसाधन सहयोग स्वरुप उपलब्ध गराइसकेको गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो । भारत सरकारले  नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधन उपलब्ध गराएको छ । उक्त सवारीसाधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गर्नुभयो ।

    नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु