आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

यी मध्ये कुनै एक सक्कल कागजात लिएर जानुस भोट हाल्न


  • आफ्नै खबर
  • २०८२ फागुन २०, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • ५१ पाठक संख्या
  • काठमाडौँ/  फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

    मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोेकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

    आयोगले तोकेका ६ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

    भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार नौ सय ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र छन् भने एक सय ४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु