आज: २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्कट्टेल


  • आफ्नै खबर
  • २०८० चैत्र १९, सोमबार मा प्रकाशित १ साल अघि
  • १५ पाठक संख्या
  • काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् । 

    यसुअघि २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। गत शुक्रबार नै नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए।

    बागमतीको एक सय १० सदस्यीय प्रदेश सभामा बहुमत कायम रहन जमकट्टेलले ५६ मत प्राप्त गर्नुपर्छ। यस प्रदेशको प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेशले भने बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु