आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

ताप्लेजुङमा कांग्रेसको अग्रता


  • आफ्नै खबर
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १८ घण्टा अघि
  • ६८ पाठक संख्या
  • ताप्लेजुङ/  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिनुभएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री परागले चार सय ४२, नेकपा (एमाले) का क्षितिज थेबेले दुई सय ९४ मत प्राप्त गर्नुभएको छ ।

    यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७, श्रम संस्कृति पार्टीका सन्तोष राईले ४४ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले नौ मत प्राप्त गर्नुभएको छ ।

    यहाँ विभिन्न पार्टी र स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु