आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

मतदान केन्द्र समावेशी बनाउन आवश्यक


  • आफ्नै खबर
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ दिन अघि
  • ७९ पाठक संख्या
  • काठमाडौँ/  महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मतदान केन्द्र थप समावेशी बनाउन सुझाव दिएको छ । एफडब्लुएलडीले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मतदान केन्द्रहरू थप लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री बनाउन आवश्यक रहेको बताएको हो ।

    एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले उक्त सुझाव दिएका हुन् । एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले मतदान हुनुअघि मतदानस्थल, मतदानको समय र मतगणनाको अवस्थालाई ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण विधि’ बाट प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो ।

    उहाँले सात प्रदेशका २४ जिल्लाका एक सय ६० मतदान केन्द्रको अवलोकन गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले निर्वाचन आयोगले तयार पारेको निर्देशिकानुसार मतदान केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु