आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

वायु प्रदूषण घटाउन विश्व बैङ्कले दियो सात अर्बभन्दा बढी ऋण


  • आफ्नै खबर
  • २०८२ फागुन २७, बुधबार मा प्रकाशित १२ घण्टा अघि
  • ७१ पाठक संख्या
  • काठमाडौँ/  विश्व बैङ्कले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति सात अर्ब सात करोड २० लाख रुपैयाँ ऋण अनुमोदन गरेको छ ।

    वायु प्रदूषणको उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैङ्कको प्रधानकार्यालयले जनाएको छ ।

    परियोजनाअन्तर्गत करिब चार सय औद्योगिक र व्यवसायिक उद्यमलाई धुवाँरहित बनाइने छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै  वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैङ्कले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु