आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितरण


  • आफ्नै खबर
  • २०८२ चैत्र २, सोमबार मा प्रकाशित १0 घण्टा अघि
  • ९८ पाठक संख्या
  • तनहुँ/  तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

    गाउँपालिकाले ७५ विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गरेको हो । रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच  विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिनुभयो ।

    शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताउनुभयो । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

    –रासस  
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु