आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

हुरीबताससहितको वर्षा अझै तीब्र हुनसक्छ, सतर्क रहन आग्रह


  • आफ्नै खबर
  • २०८२ चैत्र ६, शुक्रबार ४ घण्टा अघि
  • ८२ पाठक संख्या
  • काठमाडौँ/  काठमाडौँमा केही समयदेखि हुरीबताससहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

    हुरीबताससहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।

    यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले  आग्रह गरेको छ । विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु