आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

रेड्मी को सस्तो फोन ए–सेभेन बजारमा 


  • आफ्नै खबर
  • २०८२ चैत्र २७, शुक्रबार १ महिना अघि
  • १२७ पाठक संख्या
  • काठमाडौँ/  प्रविधि ब्रान्ड साओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए—सेभेन सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो ।

    रेड्मी ए—सेभेन मध्यम र हल्का वजनको स्मार्टफोन हो । यसको तौल एक सय ९३ ग्राम र आकार १७१.७९मिमी –७७.८मिमी –८.२६मिमी रहेको छ । यसमा ६.८८ इन्चको एलसिडी डिस्प्लेसँगै चार सय ५० निट्सको ब्राइटनेस रहेको जनाइएको छ ।

    यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्दछ, जसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि आँखामा खासै असर नपर्ने उल्लेख छ । साथै, यसले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्नेछ । ३जीबी + ६४जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको यो फोनमा र्यामलाई तीन जीबीबाट ६ जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

    दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी ए—सेभेनमा ५२०० एमएएच क्षमताको ब्याट्री छ, जसले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्दछ । यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ ।

    यसका साथै प्रयोगकर्ताको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विभिन्न सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    त्यसैगरी, यसमा रहेको १३ एमपी मुख्य क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा भएकाले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्विर खिच्न सकिने जनाइएको छ । यसको क्यामेरा मधुरो प्रकाशमा पनि उत्कृष्ट पोट्रेटस्ट्यान्डबिना नै विभिन्न सटहरू खिच्नका लागि उपयुक्त मानिएको छ ।

    यसमा ३.५ मिमीको हेडफोन ज्याक पनि उपलब्ध छ । यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा वैजनी) रङहरूमा उपलब्ध छ । दुई वर्षको वारेन्टी रहेको यो स्मार्टफोनको मुल्य १६ हजार रुपैयाँ तोकिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु