आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

पालिकाका सबै भान्सा धुवाँमुक्त


  • आफ्नै खबर
  • २०८३ बैशाख १२, शनिबार १ महिना अघि
  • १६६ पाठक संख्या
  • कालीकोट/  तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो वितरण’ अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरूको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ ।

    अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार दुई सय घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वडामध्ये वडा नं. ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको जनाइएको छ ।

    धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ । ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा  योगदान पुर्याउने नगरपालिकाको विश्वास छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु