आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

देशका सबैजसो ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना


  • आफ्नै खबर
  • २०८३ बैशाख १८, शुक्रबार १ महिना अघि
  • १०३ पाठक संख्या
  • काठमाडौँ/  हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली रहने सम्भावना छ ।

    कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भागका साथै  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना  छ ।

    त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भूभागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु