आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

आजको मौसम : कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


  • आफ्नै खबर
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण  देशभर आंशिक बदली देखिएको महाशाखाको  भनाइ छ।

    मङ्गलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

    कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु