आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

‘तिजी’ ले बढायो लोमान्थाङमा चहलपहल 


  • आफ्नै खबर
  • २०८३ बैशाख ३१, बिहिबार २ हफ्ता अघि
  • १५४ पाठक संख्या
  • मुस्ताङ/  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरू विदेशी पर्यटकले भरिभराउ भएका छन् । बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरू भरिभराउ भएका हुन् ।

    तिजी अवलोकन गर्न बुधबार तीन सय सात जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) ले जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब ६ सय वर्ष पुरानो तिजी तीन सय ५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

    यो पर्वका अवसरमा सुखशान्तिको कामना गर्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।

    –रासस 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु