आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ग्लोबल आइएमई बैंक र अलोईबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी 


  • आफ्नै खबर
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । बैंकले अलोईको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने प्रणाली विकास गर्न समझदारी गरेको हो ।

    समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले देशभरमा तीन सय ५४ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु