आज: २०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

एउटै बोटमा फल्यो दुई जातका आँप


  • आफ्नै खबर
  • २०८३ अषाढ ३, बुधबार ९ घण्टा अघि
  • ८८ पाठक संख्या
  • महोत्तरी/  तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा  विभिन्न जातका आँप लटरम्म फलेका छन् ।

    यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।

    यसैबीच, महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन् । उहाँको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका हुन् ।

    महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो । त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक–फरक जातका आँप फलेका हुन् ।

    किसान महतोले भन्नुभयो, ‘हेर्नुसएकापट्टी मालदह र यो अर्काे हाँगामा दशहरी फल्यो । दुवै स्वादिष्ट जातका आँप गनिन्छन्  म खुसी छु ।’ त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन् ।

    आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिनुभएका स्थानीय ताराबहादुर भुजेल बताउनुहुन्छ । तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उहाँको भनाइ छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु