आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

भोलि सार्वजनिक बिदा


  • आफ्नै खबर
  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बिहीवार बिदा हुने जानकारी दिएको हो । 

    सरकारले हरेक वर्षको ईद–उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम  दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

    मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु