आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

कोकाकोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना


  • आफ्नै खबर
  • २०८१ बैशाख २, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  नेपालको लोकप्रिय पेयपदार्थ कोकाकोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूका लागि ‘ड्रिंक एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरूका लागि २० लाख रुपैयाँसम्मको पुरस्कार रहेको क्याम्पेन सुरु गरेको हो ।

    ‘ड्रिंक एन्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोकाकोलाका आरजिबीे (रिटर्नेबल ग्लास) बोतलहरूको बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्ने जनाइएको छ । 

    कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुने जनाइएको छ । ‘ड्रिंक एन्ड विन’ क्याम्पेन कोकाकोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजिबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु