आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

आनन्द साहको परिवारलाई ५ लाख सहयोग


  • आफ्नै खबर
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • धनुषा/  प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    प्रदेश सरकारबाट घोषणा भएअनुरूप मुख्यमन्त्री सरोजकुमार यादवले आज मृतक साहका बुबा सोमन साहलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । 

    गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ– ४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेका १० जना विद्यार्थीको निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु