आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम


  • आफ्नै खबर
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • गण्डकी/  रोजगारीको खोजीमा युवा जमात बिदेसिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका– १३ नम्बर वडा कार्यालयले युवालक्षित तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले स्देशमै रोजगारी सिर्जना गरेर युवालाई बिदेसिने अवस्थामा कमी ल्याउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । 

    ‘सीप सिकौँ, दक्ष बनौँ’ भन्ने नाराका साथ वडाले कटाइसिलाइ तालिम, ब्युटिपार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । 

    तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाइकटाइ तालिम ३ महिना, ब्युटिपार्लरसम्बन्धी तालिम १ महिना र लोकसेवा आयोगको तयारी कक्षा २ महिनासम्म सञ्चालन हुनेछ । 

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु