आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सुपर खुदीको सेयर नबिकेमा नागरिक लगानी कोषले लिने 


  • आफ्नै खबर
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौंं/  नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक बटु लामिछानेले हस्ताक्षर गर्नुभएको हो ।

    सुपर खुदीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ । 

    सम्झौता कार्यक्रममा कोषका का.मु. नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यसभन्दाअघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु