आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पाल्पा सिमेन्टको सेयर नबिकेमा नागरिक लगानी कोषले लिने 


  • आफ्नै खबर
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडौंं/  नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । 

    पाल्पा सिमेन्टको प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने जनाएको छ । सम्झौता कार्यक्रममा कोषका का.मु. नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इन्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको सेयर प्रत्याभूति गर्दै आएको जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु