आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गरिँदै


  • आफ्नै खबर
  • २०८१ बैशाख २२, शनिबार मा प्रकाशित १ साल अघि
  • २५ पाठक संख्या
  • काठमाडौँ /  सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रवार बसेको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखिनै सुरु भएको जानकारी दिनुभयो । 

    बैठकले अग्निपीडितलाई २ किस्तामा ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनु भयो । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । 

    कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजार रुपैयाँका दरले २ किस्तामा रकम प्रदान गरिने छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु