आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

आयोगमा दर्ता भयो अशोक राईको जनता समाजवादी पार्टी


  • आफ्नै खबर
  • २०८१ बैशाख २४, सोमबार मा प्रकाशित १ साल अघि
  • २२ पाठक संख्या
  • काठमाडौं जनता समाजवादी नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। 

    निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए। सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो। 

    आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो। सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो। 

    राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले दिए।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु