आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

सानीको बिहानी


  • आफ्नै खबर
  • २०८१ बैशाख २५, मंगलबार १ साल अघि
  • ३४ पाठक संख्या
  • सुदीप अधिकारी

    घामको झुल्कोभन्दा पहिले उठ्ने उनको बानी
    जिउ तानतुन पारी पिउँछिन् मनतातो पानी
    चराहरूको चिर्बिरमै खोज्दै संगीतको मात्रा 
    ईश्वर बन्दनासँगै हुन्छ शुभ दिनको यात्रा 

     

    चाँडै उठ्नाले बिहानै, दिनको कार्यक्रम बनाइने
    केही महत्वका भए, विशेष सावधानी अपनाइने
    विद्यालय जानुअघि घरका केही काम सघाइने
    यसो गर्दा आमाबुबाको केही बोझ पनि उठाइने

     

    प्रेरक बिहानीले दिने रहेछ उत्तम दिनको हर्ष
    धेरै उत्तम दिन मिलेर बन्दोरहेछ गर्विलो वर्ष
    बिस्तारै खुल्यो सानी नानीको रहस्य सुरम्य
    राम्रो बिहानीले पार्ने रहेछ अहो जीवन धन्य !!

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु