आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

कालीकोटका किसानलाई गोठालो भत्ता


  • आफ्नै खबर
  • २०८१ बैशाख २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कालीकोट/  नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालू आवको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

    पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक १ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिनुभयो । 

    गोठालो भत्ता कार्यविधिअनुसार ४ वटा भैँसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा गोठालोलाई हेयका दृष्टिले हेरिने गरेकोमा यसले गोठालोको सम्मान गर्नेछ ।’ 

    नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना रहेकोले भैँसी तथा भेडाबाख्रापालक किसानलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको उहाँको भनाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु