आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम


  • आफ्नै खबर
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १ साल अघि
  • २४ पाठक संख्या
  • गलेश्वर/  सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । 

    नगरप्रमुख केसीले सङ्गीतमा सकारात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उहाँको भनाई थियो । 

    कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्तन लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउनसक्ने बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । 

    तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन् । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु