आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

आजको मौसम : देशभर तपक्रम बढ्दै, छैन वर्षाको सम्भावना


  • आफ्नै खबर
  • २०८१ जेष्ठ ४, शुक्रबार १ साल अघि
  • ३२ पाठक संख्या
  • काठमाडौँ  हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश सहित देशका  पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। 

    शुक्रबार दिउँसो कोशी र मधेस प्रदेशसँगै बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ।

    राति कोशी, मधेस र  बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ ।

    आगामी तीन दिन तराईका भूभागमा तातो हावा चल्ने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु