आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता


  • आफ्नै खबर
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभागबीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गर्नुभएको हो । 

    सम्झौता अनुसार मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ ।

    बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

    उक्त अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझी लगायत कर्मचारीहरुको उपस्थिति  रहेको थियो । बैंकले हाल ७७ जिल्लामा २ सय ८७ शाखा, ३ सय ८ एटिएम र ७१ एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिइरहेको जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु