आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

युएईमा २६७ नेपालीलाई आममाफी


  • आफ्नै खबर
  • २०८२ माघ १८, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • ९ पाठक संख्या
  • काठमाडौँ/  संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो ५४ औंँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) को अवसरमा विभिन्न कारणले त्यहाँ बन्दी जीवन बिताइरहेका दुई सय ६७ नेपालीलाई आममाफी दिएको छ । 

    यूएई सरकारले नेपाली बन्दीलाई नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ ।  

    परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदम रहेको ठहर गर्दै सराहना गरेको छ । 

    उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले  आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

    माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु