आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, केके गर्न पाइँदैन ?


  • आफ्नै खबर
  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • काठमाडौं–आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा उपनिर्वाचनका लागि आज (बुधबार)देखि आचारसंहिता लागू भएको छ ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमु्क्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागू भएको आयोगले जनाएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।

    आचारसंहिता सरकार र सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, विद्यालय तथा शिक्षक, मतदाता, गैरसरकारी संस्थाका कर्मचारीलगायतलाई लागू हुने आयोगले जनाएको छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु