आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

विकल साहित्य प्रतिष्ठानद्वारा २०८१ का लागि पुरस्कार घोषणा


  • आफ्नै खबर
  • २०८१ कार्तिक १३, मंगलबार १ साल अघि
  • ५५ पाठक संख्या
  • काठमाडौ/  रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८१ का लागि प्रदान गरिने पुरस्कारहरुको घोषणा गरिएको छ । 

    रमेश विकल साहित्य प्रतिष्ठान

    प्रतिष्ठानको प्रेस विज्ञप्तिमा बहुआयामिक विकलका साहित्य, सङ्गीत र चित्रकारिता सहित शैक्षिक एवम सामाजिक व्यक्तित्वको सम्मानमा स्थापित ६ बिधाका पुरस्कारहरु १६औं रमेश विकल स्मिृति दिवसका अवसरमा २०८१ पौष ६ गते प्रदान गरिने उल्लेख छ । 

    यस वर्षको रमेश विकल वाङ्गमय पुरस्कार भैरवबहादुर थापालाई अर्पण गरिने छ । नृत्यशास्त्री थापाले नृत्य-निर्देशनका साथै ६५ वर्ष लगाएर नृत्य लिपि र प्राविधिक पाटो सम्बन्धि ‘नृत्याक्षर विज्ञान’ ग्रन्थ समेत तयार पारी कला र सांस्कृतिक उत्थानमा विशिष्ट योगदान दिनुभएको छ ।  

    रमेश विकल—सुशीला समाजसेवा पुरस्कार मासिक १०० रुपैयां अभियान नेपाललाई प्रदान गर्ने निर्णय भएको छ ।  आर्थिक अवस्था कमजोर भएका विध्यार्थी भाइबहिनीहरुको शैक्षिक उत्थान तथा जेष्ठ नागरिकहरुलाई समाजमा सम्मानित एवम कृयाशील बनाउने कार्यमा लामो समय देखि क्रियाशील छ । 

    रमेश विकल सृजना पुरस्कार युवराज मैनालीलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली साहित्यका स्रष्टा र  समालोचक मैनालीको लेखन–यात्रा २०३७ सालबाट कथा सङ्ग्रहमार्फत भएको देखिन्छ । उहाँका हास्यव्यङ्ग्य, लघुकथा र समालोचनाका कृतिहरु प्रकाशित छन् । 

    रमेश विकल बालसाहित्य पुरस्कार अमर कुमार प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ ।  वि. सँ. २०११ मा दोलखामा जन्म भएको लव्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान मूलत कथा र बाल साहित्यको क्षेत्रमा कलम चलाई रहनु भएको छ । 

    रमेश विकल—सुशीला नारीसेवा सम्मान पुरस्कार चिनीमाया माझीलाई प्रदान गर्ने निर्णय भएको छ । वहाँ नेपाल माझी उत्थान सङ्घ मार्फत सीमान्तीकृत माझी समुदायको उत्थानमा सकृय हुनुहुन्छ। 

    रमेश विकल सङ्गीत कला पुरस्कार रामकृष्ण दुवाललाई प्रदान गर्ने निर्णय भएको छ ।   दुवालले पाँच दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि हकअधिकार प्राप्तिका लागि सङ्गीतका माध्यमबाट जागरण आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ।

    त्यसैगरी रमेश विकल असहाय पुनर्स्थापना समाज (अपुस) छात्रवृत्तिकोलागि माझीगाउं मण्डन स्थित बिन्ध्यबासिनी मा वि की कक्षा ८ मा अध्ययनरत छात्रा दिलाशा तमाङ  छनौट हुनुभएको छ ।

    पुरस्कार सिफारिश समितिका संयोजक महेन्द्र चालिसे सहित अन्य दुई साहित्यकारहरु गोपाल अश्क र मेनका पोख्रेलको सिफारिसलाई रमेश विकल साहित्य प्रतिष्ठान कार्यसमितिले अनुमोदन गरेको हो । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु