३ असार २०८२ मंगलबार | 17 Jun 2025 Tue

न्युरो केयर फाउन्डेसनले गोकर्णेश्वरमा न्युरो शिविर गर्ने



  • आफ्नै खबर
  • ३ असार २०८२ मंगलबार (५ घण्टा अघि)
  • पाठक संख्या ७२
  • काठमाडौँ/  न्युरो केयर फाउन्डेसन नेपालको आयोजनामा गोकर्णेश्वर नगरपालिकामा एक दिने निःशुल्क न्युरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

    गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म गोकर्णेश्वर नगर अस्पतालमा सञ्चालन हुने भएको हो ।

    शिविरमा वरिष्ठ न्युरो सर्जन डा. गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चिफ कन्सल्ट्यान्ट न्युरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिनुभयो ।

    न्युरो तथा स्पाइन जाँच सहित शिविरमा काठमाडौँ न्युरो बागबजारको प्राविधिक सहयोग रहने जनाइएको छ । डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्युमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरमा सेवा लिन सक्नेछन् ।

    शिविरमा डा. शर्मा र डा. राजभण्डारी सहित, डा. अनिशमान सिंह र डा. प्रसन्न कार्की पनि संलग्न हुने जनाइएको छ ।