आज: २०८३ आश्विन १६, शुक्रबार | Fri, 02, Oct, 2026

हरियाली बढाउन सात लाख बिरुवा


  • आफ्नै खबर
  • २०८३ अषाढ १९, शुक्रबार ३ महिना अघि
  • १९६ पाठक संख्या
  • बाँके/  यहाँको डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका ६ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ ।

    चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले राससलाई जानकारी दिनुभयो ।

    यो वर्ष एकवर्षीय पाँच लाख ८८ हजार आठ सय ७२ र बहुवर्षीय ८९ हजार तीन सय बिरुवा उत्पादन गरेर किसानलाई वितरण सुरु गरिएको जानकारी दिँदै उहाँले सागवान, मसला, बकाइनो, इपिलइपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासिया उल्लेख्य मात्रामा रहेको बताउनुभयो ।

    अमला, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अर्जुन, धुपी, रिठा, कपुर, कुसुम र निलमफूललगायतका बिरुवा पनि नर्सरीमा हुर्किएका छन् ।

    किसानलाई निःशुल्क वितरण थालिएका बिरुवामा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा सजावटका छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑