आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

देउसीभैलो र चन्दाबाट बन्यो एक करोडको छात्रवृत्ति अक्षयकोष


  • आफ्नै खबर
  • २०८२ चैत्र २६, बिहिबार १ महिना अघि
  • १३० पाठक संख्या
  • बागलुङ/  धौलागिरि बहुमुखी क्याम्पसमा एक करोड रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ । २०७९ सालमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान एक करोड नौ लाख ४१ हजार ६ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।

    २०८० सालको तिहारमा देउसीभैलोबाट स्ववियु कार्यसमितिले अक्षयकोष निर्माण अभियान चलाएको थियो । अहिले आएर पूरा भएपछि क्याम्पसलाई हस्तान्तरण गरेको छ । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर पढ्ने वातावरण बनाउनका लागि कोष स्थापना गरिएको निवर्तमान स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो ।

    यस क्याम्पसमा स्नातक तहमा विज्ञान, बिबीएबिएससीआइटी विषयको अध्यापन गरिन्छ । त्यसबाहेक स्नातकोत्तर तहमा एमबिएस, मानविकीतर्फ समाजशास्त्र, नेपाली, अङ्ग्रेजी तथा शिक्षा सङ्कायमा अध्यापन हुँदै आएको छ । क्याम्पसमा प्राविधिक विषय पढ्न चाहने विपन्न विद्यार्थीलाई यो कोषबाट सहयोग गरिने कँडेलले बताउनुभयो ।

    कार्यविधि बनाएर विद्यार्थीको छनोट गरी छात्रवृत्ति दिने क्याम्पस प्रमुख सुदर्शन सिलवालले बताउनुभयो ।

    –रासस 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु