आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

महिला प्रमुख रहेको नगरपालिका देशभरमै उत्कृष्ट


  • आफ्नै खबर
  • २०८२ चैत्र २८, शनिबार १ महिना अघि
  • १४१ पाठक संख्या
  • खोटाङ/  हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’ बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा हलेसी तुवाचुङले उक्त सम्मान पाएको हो ।

    नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसको अवसरमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई उक्त सम्मान प्रदान गर्नुभयो ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनबाट हलेसी तुवाचुङ नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु