
बागमती/ स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच पुर्याउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको स्तरोन्नतिसँगै विस्तारलाई जोड दिएको छ ।
प्रदेशका हरेक नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन १३ वटै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर स्तरोन्नतिसँगै विशेषज्ञ सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिएको जनाएको छ ।
जिल्ला जिल्लामा डाइलासिस तथा प्रसूति तथा स्त्रीरोग सेवा विस्तार गरिरहेको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभरिका प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा डिजिटल हेल्थमार्फत सेवा प्रवाहको काम अघि बढाएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बताउनुभयो ।
स्वास्थ्य सेवामा सुधार गरी सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकारले ‘एक जिल्ला एक हेल्थ सिटी’, ‘एक विद्यालय एक नर्स’ र ‘एक पालिका एक नमुना अस्पताल’ लगायत कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस