आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

अनर ले ल्यायो ‘म्याजिक एट’ नामक नयाँ मोवाइल फोन


  • आफ्नै खबर
  • २०८२ चैत्र २६, बिहिबार १ महिना अघि
  • १५३ पाठक संख्या
  • काठमाडौँ/  मोवाइल फोन ब्राण्ड अनरले आफ्नो नयाँ लाइनअप अनर म्याजिक एट प्रो, अनर एक्सएटडीअनर प्याड एक्स एटबि बजारमा ल्याएको छ । कम्पनीले शक्तिशाली प्रदर्शन, अत्याधुनिक एआई र आकर्षक डिजाइनलाई एकै ठाउँमा ल्याएको दावी सहित नयाँ फोन बजारमा ल्याएको हो ।

    आफ्नो डिभाइसबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको यो नयाँ सिरिजले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढंगले परिभाषित गर्ने कम्पनीको भनाइ छ ।

    विशेषता

    अनर म्याजिक एट प्रो उत्कृष्टता चाहने प्रयोगकर्ताहरूका लागि विशेष रूपमा तयार गरिएको कम्पनीले जनाएको छ । २०० एमपिको अल्ट्रा–क्लियर क्यामेरासँग यसले प्रत्येक विवरणलाई अद्भुत स्पष्टतासहित कैद गर्ने जनाइएको छ ।

    नवीनतम स्न्यापड्रागन एट इलाइट जेन फाइव प्रोसेसर र ७१०० एमएएच ब्याट्रीले यसलाई अत्यन्तै स्मूद प्रदर्शन र लामो समयसम्म टिक्ने पावर प्रदान गर्ने दावी गरिएको छ । एआई स्क्रिन सजेसन, एआई फोटो एजेन्ट र ए आई सेफ्टिी इन्ह्यान्समेण्ट जस्ता एआई सुविधाहरूले म्याजिक प्रो लाई अझ स्मार्ट र सहज बनाउँने जनाइएको छ ।

    अनर म्याजिक एट प्रो को प्रि–बुकिङ मूल्य दुई लाख रुपैयाँ तोकिएको छ । यसमा सीमित समयका लागि ग्राहकहरूले ३० हजार रुपैयाँ मूल्य बराबरको अनर प्याड एक्सएटबि निःशुल्क प्राप्त गर्नेछन् ।

    यसमा ११ इन्चको अनर आइ कम्फर्ट फुलभ्यु डिस्प्ले रहेकोले आकर्षक र आँखामैत्री दृष्य अनुभव प्रदान गर्ने दावी गरिएको छ । १०१०० एमएएच को ठूलो ब्याट्री र प्रिमियम मेटल बडीले यसलाई टिकाउ, स्टाइलिश र दिनभर प्रयोग गर्न उपयुक्त बनाउने कम्पनीले जनाएको छ ।

    अनर एक्सएटडि अल्ट्रा–स्लिम डिजाइन र ७००० एमएएचको ठूलो ब्याट्री, ४५ वाट फास्ट चार्जिङसहित, दैनिक प्रयोगका लागि उपयुक्त रहेको जनाइएको छ । यसमा स्मार्ट एआई दिइएकोले एआई समरी, सर्कल टु सर्च, एआई सुपर जुमएआई एरेंजरजस्ता सुविधाहरू सहज भएको उल्लेख छ ।

    त्यस्तै, १०८ एमपि क्यामेरा, २ मिटर ड्रप रेसिस्टेन्स र आइपि ६५ के वाटर रेसिस्टेन्स यसको विशेषता रहेको छ ।

    मूल्य

    अनर एक्सएटडि दुई भेरियन्टमा उपलब्ध छ । आठ जिवि प्लस १२८ जिविको मुल्य ४० हजार रुपैयाँ र आठ जिवि प्लस २५६ जिवि को ४४ हजार रुपैयाँ तोकिएको छ । लन्चको अवसरमा सीमित समयका लागि प्रत्येक खरिदमा चार हजार रुपैयाँ मूल्य बराबरको अनर चोइस इएरबड एक्ससेभनइ एक्टिभ निःशुल्क प्रदान गरिने जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु