
मुस्ताङ/ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरू विदेशी पर्यटकले भरिभराउ भएका छन् । बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरू भरिभराउ भएका हुन् ।
तिजी अवलोकन गर्न बुधबार तीन सय सात जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) ले जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब ६ सय वर्ष पुरानो तिजी तीन सय ५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
यो पर्वका अवसरमा सुखशान्तिको कामना गर्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस