
कालीकोट/ तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो वितरण’ अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरूको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ ।
अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार दुई सय घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वडामध्ये वडा नं. ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको जनाइएको छ ।
धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ । ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा योगदान पुर्याउने नगरपालिकाको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस