आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम


  • आफ्नै खबर
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • काठमाडौं/  नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले  विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।

    १ सय ६ दशमलव ८ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिनुभयो । विभिन्न विद्यालयका ८ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।  

    नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना गरेको थियो । स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हाल्नु भएका अधिकारीले भन्नुभयो, ‘नयाँपुस्तालाई शङ्खको महत्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो ।’

    -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु