आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

डौढिकमा बन्यो महादेवको मूर्ति र किरात महागुरु फाल्गुनन्दको शालिक


  • आफ्नै खबर
  • २०८१ फागुन १४, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ५ पाठक संख्या
  • काठमाडौं/  महाशिवरात्रीको अवसर पारेर गोकर्णेश्वर नगरपालिको वडा नं. ५ को डौढिक (जम्मुडाँडा) परिसरमा ओम्कारेश्वर महादेवको मूर्ति र राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्दको शालिक अनावरण गरिएको छ ।

    वडा नं. ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले मूर्तिमा प्राण प्रतिष्ठा तथा शालिकको अनावरण गर्नुभयो । भविष्यमा पार्क बनाउने उद्देश्य सहित शालिक निर्माण गरिएको हो । 

    सुगमनगर विकास समाज तथा सँगैको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने पुल बनाउने जिम्मा पाएको निर्माण कम्पनी के.पि. कङ्क्रिट एण्ड कन्स्ट्रक्सन प्रा.लि को अग्रणी भूमिकामा पार्क निर्माण सम्पन्न भएको हो । पार्क निर्माणमा अन्य २८ व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन् । कुल ८ लाख ५७ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको समाजले जनाएको छ । 

    उचित व्यवस्थापनका लागि पदेन अध्यक्ष
    हाल मूर्ति तथा शालिक स्थापना भएको स्थानमा भविष्यमा पार्क निर्माण गर्ने गोकर्णेश्वर–५ का अध्यक्ष नारायणबहादुर सुवेदीले बताउनुभयो । पार्कको सही व्यवस्थापनका लागि वडा नं. ५ कै अध्यक्ष पार्क व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने व्यवस्था गरिएको उहाँको भनाइ छ । समितिका अन्य पदाधिकारी तथा सदस्यमा पार्क नजिकैका टोल सुधार समितिका प्रतिनिधि राखिएको छ ।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु